Section 5
विश्वविद्यालयको काम, कर्तव्य र अधिकार
विश्वविद्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) उच्च शिक्षाको विकास गर्नको लागि तोकिएबमोजिमका विभिन्न शिक्षण, प्रशिक्षण र अनुसन्धानको व्यवस्था र सञ्चालन गर्न अध्ययन संस्थान, संकाय, अनुसन्धान केन्द्र र विभागको व्यवस्था गर्ने र तिनीहरूको रेखदेख तथा निरीक्षण गर्ने ।
(ख) आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) तथा सम्बन्धन प्राप्त क्याम्पसहरू (सम्बन्धन प्राप्त महाविद्यालयहरू) बाट तोकिएको उच्च शिक्षा हासिल गर्ने विद्यार्थी, प्रशिक्षार्थी वा अनुसन्धानकर्तालाई तोकिएबमोजिमको प्रमाण पत्र दिने र विशिष्ट व्यक्तिलाई मानार्थ उपाधि प्रदान गर्ने ।
(ग) निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) स्थापना गर्न स्वीकृति दिने र सम्बन्धन प्रदान गर्ने तथा त्यस्तो सम्बन्धन प्राप्त क्याम्पस (महाविद्यालय) लाई विश्वविद्यालयले प्रदान गर्ने सुविधा र सहयोग निर्धारण गर्ने ।
(घ) स्वदेशी वा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासंग सम्बन्ध कायम गर्ने ।
(ङ) स्वदेशी वा विदेशी प्राज्ञिक, शैक्षिक वा अन्य संस्था र व्यक्तिबाट आर्थिक सहयोग प्राप्त गर्ने तथा शैक्षिक कार्यक्रमहरूको आदान प्रदान गर्ने ।
(च) छात्रवृत्ति, पदक र पुरस्कारहरू प्रदान गर्ने व्यवस्था गर्ने ।
(छ) विश्वविद्यालय अन्तर्गत विभिन्न खेलकूद र कल्याणकारी कार्यक्रमको व्यवस्था र सञ्चालन गर्ने ।
(ज) विश्वविद्यालयलाई आवश्यक पर्ने नियम बनाउने ।
(झ) विश्वविद्यालयसंग सम्बन्धित अन्य कामहरू गर्ने ।